मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
मित्र भण्डारी काठमाडाैं
२०७६ चैत २६ बुधबार १३:४९:००
मुख्य समाचार

सीमा सुरक्षामा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो

मित्र भण्डारी काठमाडाैं
२०७६ चैत २६ बुधबार १३:४९:००

विश्वव्यापी रूपमा कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि लकडाउन भयो । लकडाउन कार्यान्वयन गर्न नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई स्वास्थ्य सतर्कता अपनाउँदै अहिले क्वारेन्टाइनमा राखिएको छ । 

भारतमा कोरोनाको संक्रमण देखिएको र भारत सरकारले २१ दिन लकडाउन घोषणा गरेपछि रोजगारीका लागि गएका नेपाली ठूलो संख्यामा नेपाल फर्किएका थिए । भारतबाट दक्षिणी नाका हुँदै फर्केका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपाल र भारतमा लकडाउन भएपछि सीमामा कडाइ गर्न सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भएको थियो । सशस्त्रका प्रहरी बलका एक सय २० बोर्डर आउट पोस्ट (बिओपी) र सात सय ८१ वटा अस्थायी चेकपोस्टका सुरक्षाकर्मी परिचालित भएका थिए । लकडाउन प्रभावकारी बनाएर कोरोना संक्रमण फैलिन नदिन सशस्त्र प्रहरीले थप पाँच हजार जनशक्ति परिचालन गरेको जनाएको  छ ।

सीमामा खटिएका सशस्त्र प्रहरीले संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामग्री पाएका छैनन् । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा सीमा सुरक्षार्थ खटिएका एक सय ३४ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले सीमा सुरक्षार्थ खटिएका एक सय ३४ जनालाई हाल क्वारेन्टाइनमा राखिएको बताए ।