१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत २६ बुधबार १३:४४:००
Read Time : < 1 मिनेट
विश्व

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको चेतावनी 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २६ बुधबार १३:४४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई अमेरिकाले दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । ह्वाइटहाउसमा दैनिक सम्बोधनका क्रममा उनले कोरोना भाइरसको महामारी नियन्त्रणमा राम्रो काम गर्न नसकेको र डब्ल्युएचओ चीनतर्फ झुकेको आरोप पनि लगाएका छन् । 

भाइरसको जोखिमबारे सूचना लुकाउने चीनको प्रयासमा संगठनले साथ दिएको पनि उनले बताएका छन् । 

फेब्रुअरीमा ट्रम्प प्रशासनले अमेरिकाको बजेट प्रस्तावमा डब्ल्युएचओलाई अमेरिकाले दिने १२.२६ करोडबाट घटाएर ५.७९ करोड डलर मात्र सहयोग गर्न माग गरेको थियो । 

विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटकाल र मार्च ११ मा महामारी घोषणा गरेको थियो । 

संकटकाल घोषणापछि जनवरी ३१ मा अमेरिकाले चीनबाट हुने यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यही समयमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले भाइरसको जोखिम हुँदाहुँदै पनि सीमा खुला राख्न सुझाब दिएका थिए । 

जनवरीमा भाइरसको प्रकोप बढेयता चीनबाट अमेरिका चार लाख ३० हजार मानिस गएको एक तथ्यांक सार्वजनिक भएको थियो ।