मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
माेहन विष्ट कञ्चनपुर
२०७६ चैत २६ बुधबार १३:१५:००
समाचार

कोराेना संक्रमितसँगै आएका कञ्चनपुरका दुई युवालाई क्वारेन्टाइनमा राखियो

माेहन विष्ट कञ्चनपुर
२०७६ चैत २६ बुधबार १३:१५:००

कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवासँगैको भीडमा देखिएका कञ्चनपुरका दुई युवालाई क्वारेन्टाइनमा राखिएको छ। 

भारतबाट संक्रमितसँगै आएका लालझाडी गाउँपालिकाका दुई युवालाई मंगलबार क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले जानकारी दिए। ‘हामीले दुवै युवकलाई घरबाटै बोलाएर क्वारेन्टाइनमा राखेका छौँ,’ उनले भने, ‘उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। हामी स्वाब परीक्षणको तयारी गरिरहेका छौँ।’ 

भारतबाट धेरै फर्किएकाले कोराेना संक्रमणबाट बच्न स्थानीयलाई सचेत बनाउने र शंकास्पद बिरामीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको उनले बताए। 

११ चैतमा संक्रमित युवासमेत रहेको हजारौँको भीड २४ घन्टासम्म कैलालीको गौरीफन्टा त्रिनगर नाकामा रोकिएको थियो। नेपाल प्रवेशको माग राखेर उनीहरूले नाराबाजीसमेत गरेका थिए। केही समय सुरक्षाकर्मी र उनीहरूबीच झडपसमेत भएको थियो। 

संक्रमण देखिएका युवासँगै नौ सय ९९ जनालाई १२ चैतको राति स्थानीय प्रशासनले गन्तव्यमा पठाएको थियो। 

संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर घर पुगेका थिए। कैलालीको त्रिनगर नाकाबाट नेपाल प्रवेश गरेका सबै नेपालीको विवरण संकलन गरेर स्थानीय प्रशासनमार्फत स्थानीय तहलाई क्वारेन्टाइनमा राख्न पत्राचार गरिएको छ।