मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ माघ ९ बुधबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

बहुविवाह गर्ने जोडी पक्राउ

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ९ बुधबार १४:३२:००

बहुविवाहका आरोपमा प्रहरीले बुधबार दुई जनालाई  पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो ।

विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँंग विवाह गरेका थिए । जेठीपट्टि एक सन्तान पनि छन् । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुन ठगी गर्ने कारागारमा 
सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिँड्ने ६ भारतीयमध्ये २ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले लवकुश शाह र रमेशकुमार शाहलाई पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको हो । त्यस्तै चार जना जनही ३५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।