मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
२०७६ चैत २६ बुधबार १२:३९:००
विश्व

सन् २०२० मा टेक्नोलोजी क्षेत्रका २० धनाढ्य

२०७६ चैत २६ बुधबार १२:३९:००

अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२० का टेक्नोलोजी क्षेत्रका २० धनाढ्यको सूची सार्वजनिक गरेको छ । 

फोर्ब्सका अनुसार विश्वका २० धनाढ्यसँग कुल सम्पत्ति सात सय बिलियन रहेको छ, जुन गत वर्षको भन्दा कम हो । 

गत वर्ष विश्वका २० धनाढ्य मानिसको सम्पत्ति सात सय ५८ बिलियन अमेरिकी डलर रहेको थियो ।

यस्ता छन् २० धनाढ्य 

जेफ बेजोस
यिनको साथमा एक सय १३ बिलियन अमेरिकी डलर रहेको छ । उनी अमेजन कम्पनीका मालिक हुन् । 

जेफ बेजोसको कुल सम्पत्ति गत वर्षको भन्दा कम देखिएको छ । कोरोना भाइरसको महामारीको क्रममा उनले १० करोड डलर दान गरेका छन् ।

त्यस्तै उनले डिभोर्सका क्रममा करिब ३६ बिलियन सम्पत्ति आफ्नी पूर्वश्रीमती मेकेन्जी बेजोसलाई दिएका थिए । 
बेजोसको सम्पत्तिबाट उनी विश्वकै धनाढ्य महिला बनेकी थिइन् ।

बिल गेट्स
माइक्रोसफ्टका मालिक बिल गेट्सको कुल सम्पत्ति ९८ बिलियन अमेरिकी डलर रहेको छ । गेट्सको सम्पत्ति गत वर्ष ९६.५ बिलियन डलर रहेको थियो ।

कोरोना भाइरसको महामारीमा १० करोड अमेरिकी डलर दान गर्ने घोषणा बिल गेट्सले गरेका छन् ।

ल्यारी एल्लिसन
सफ्टवेयर कम्पनीका मालिक अमेरिकी व्यवसायी ल्यारी एल्लिसन ५९ बिलियन अमेरिकी डलरसहित विश्वको तेस्रो धनाढ्यका रूपमा रहेका छन् ।

गत वर्ष ६२.५ बिलियन सम्पत्तिसहित एल्लिसन विश्वको सातौँ धनाढ्यका रूपमा रहेका थिए ।
कोरोना भाइरसको महामारीका वेला एल्लिसनको कम्पनीले अमेरिकी राष्ट्रपति कार्यालयसँग मिलेर डाटाबेसको सहकार्य गरिरहेको छ । 

मार्क जुकरबर्ग
फेसबुकका संस्थापक मार्क जुकरबर्क ५४ बिलियन अमेरिकी डलरसहित विश्वको चौथो धनाढ्यका रूपमा रहेका छन् ।

तीन अर्ब प्रयोगकर्ता रहेको फेसबुकले गत जुलाईमा ऐतिहासिक जरिवाना तिरेको थियो । प्रयोगकर्ताको सूचनामाथि खेलबाड गरेको आरोप फेसबुकले त्यसवेला स्वीकार गरेको थियो ।

फेसबुकले सबै कर्मचारीहरूलाई महामारीका क्रममा एक हजार डलर बोनस दिने घोषणा गरेको छ ।
फेसबुकको यस वर्ष गत वर्षभन्दा ७.६ बिलियन सम्पत्ति कम छ ।

स्टिभ बालमाेर
बालमोर विश्वको पाँचौँ धनाढ्यका रूपमा रहेका छन् । सन् २०१४ मा मात्रै उनी माइक्रोसफ्टको सिइओबाट हटेका थिए ।

गत वर्ष ४१ बिलियन सम्पत्ति रहेका बालमेारसँग अहिले ५२.७ बिलियन डलर रहेको छ ।

ल्यारी पेज
गुगलका संस्थापक ल्यारी पेज ५०.९ बिलियन अमेरिकी डलरसहित विश्वको छैटौँ नम्बरमा रहेका छन् । गत वर्षभन्दा १० करोड डलरले गुगलको सम्पत्ति बढेको छ ।

कोरोना भाइरसको महामारीको वेला एक परीक्षण वेबसाइट एवं विश्वव्यापी मोबिलिटी डाटा दिन गुगलले मद्दत गरिरहेको छ ।

सर्जे ब्रिन
गुगलकै अर्का संस्थापक सर्जे बिनको कुल सम्पत्ति ४९.१ बिलियन छ । पेज र ब्रिनले गत वर्ष गुगलको अभिभावक कम्पनी अल्फाबेटको अध्यक्षताबाट राजीनामा दिएका थिए ।

यिनको सम्पत्ति गत वर्षभन्दा ७० करोडले बढेको देखिएको छ ।

ज्याक मा
चीनका धनाढ्य एवं ई–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक मा ३८.८ बिलियन डलरसहित विश्वकै आठौँ धनाढ्यका रूपमा रहेका छन् ।

गत वर्षभन्दा ज्याक माको सम्पत्ति डेढ बिलियनले बढेको छ । 
कोरोना भाइरसको महामारीका क्रममा उनले विश्वका कैयौँ देशहरूमा थुप्रै मेडिकल सामग्रीहरू दान गरिरहेका छन् ।

मा हुएतेंग
चीनका इन्टरनेट व्यवसायी हुएतेंग ३८.१ बिलियन डलरसहित विश्वको नवाैँ धनाढ्यका रूपमा रहेका छन् ।
गत वर्ष यिनको सम्पत्ति ३८.८ बिलियन रहेको थियो । 

२० करोडभन्दा बढी रकम कोरोना भाइरसको महामारीका वेला यिनले सहयोग गरेका थिए । 

म्याकेन्जी बेजोस
विश्वकै धनाढ्य जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी बेजोस विश्वकै १०औँ धनाढ्यका रूपमा रहेकी छिन् । कुल सम्पत्ति ३६ बिलियन अमेरिकी डलर रहेको छ ।

बेजोसले डिभोर्सका क्रममा पनि ३६ बिलियन सम्पत्ति म्याकेन्जीलाई दिएका थिए । जुन अमेजनमा बेजोसको सेयरको एक चौथाइ थियो ।

माइकल डेल
विश्वकै ११औँ धनाढ्यका रूपमा रहेका छन् डेल कम्प्युटर कम्पनीका मालिक माइकल डेल । उनको कुल सम्पत्ति २२.९ बिलियन अमेरिकी डलर रहेको छ ।

पब्लिक मार्केटमा आएसँगै गत वर्ष २४ बिलियन सम्पत्ति रहेका उनको सम्पत्ति केही घटेको हो  

कोरोना भाइरसको महामारीका क्रममा ४० लाख अमेरिकी डलर दान गर्ने घोषणा डेलले गरेका छन् ।

विलियम लि डिंग
चीनको अनलाई गेमिङ कम्पनीका मालिक विलियम १७ बिलियन अमेरिकी डलरसहित विश्वको १२औँ धनाढ्यका रूपमा रहेका छन् ।

कोलिन झेंग ह्वांग
चीनकै ई–कमर्स कम्पनी पिन्डुओडोका मालिक कोलिन १६.५ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वको १३औँ धनाढ्यका रूपमा रहेका छन् ।

यिनको सम्पत्ति सन् २०१९ भन्दा ३ बिलियनले बढेको छ । 

लरेन पावल जब्स
अमेरिकी कम्पनी इमर्सन कलेक्टिभ्सकी अध्यक्ष लरेन पावल १६.४ बिलियन अमेरिकी डलरसहित विश्वकै १४औँ धनाढ्यमा छिन् ।

लरेनका श्रीमान् एवं एप्पलका संस्थापक स्टिब जब्सको निधन सन् २०११ मा भएको थियो ।

झांग यिमिङ
चीनको सफ्टवेयर कम्पनीका मालिक यिमिङ १६.२ बिलियन अमेरिकी डलरसहित विश्वको १५औँ धनाढ्यका रूपम रहेका छन् ।

एरिक स्मिट
१८ वर्षदेखि गुगलको निर्देशक रहेका स्मिटले गत वर्ष गुगल छोडेका थिए । उनी २००१ देखि २०११ सम्म गुगलको सिइओसमेत रहेका थिए ।

१३.२ बिलियन सम्पत्तिसहित स्मिट विश्वको १६औँ धनाढ्यका रूपमा रहेका छन् ।

डाइटमर हप
जर्मनीमा सफ्टवेयर कम्पनीका मालिक हप १३ बिलियन सम्पत्तिसहित विश्वकै १७औँ धनढ्यका रूपमा रहेका छन् । 

यिनले औषधि उत्पादन एवं ठूला सफ्टवेयर कम्पनीमा सेयर लगानी गरेका छन् ।

जांग जिदंग
चीनका इन्टरनेट एवं टेक कम्पनीका मालिक जिदंग १३ बिलियन डलरसहित विश्वकै १८औँ धनाढ्यका रूपमा रहेका छन् ।

हेसो प्लेटनर
जर्मनीका सफ्टवेयर कम्पनीका मालिक प्लेटनर १२.४ बिलियन डलरसहित विश्वको १९औँ धनाढ्यका रूपमा रहेका छन् ।

डाइटमर हप र प्लेटनर एउटै कम्पनी (एसएपी)का संस्थापक हुन् ।

शिव नादर
भारतका टेक एवं आइटी उद्योगी शिव विश्वको २०औँ धनाढ्य व्यक्तिका रूपमा रहेका छन् । यिनले सन् १९७० मा एचसिएल कम्पनीको स्थापना गरेका थिए ।

यिनको कम्पनीमा विश्वभर एक लाख ३७ हजारभन्दा बढी कर्मचारी रहेका छन् । गत वर्षभन्दा शिवको सम्पति २.७ बिलियन डलरले खस्केको छ ।