मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
एजेन्सी
२०७६ चैत २६ बुधबार ११:५७:००
विश्व

लकडाउनका कारण विश्वव्यापी घरेलु हिंसामा वृद्धि : राष्ट्र संघ प्रमुख

एजेन्सी
२०७६ चैत २६ बुधबार ११:५७:००

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरसको महामारीका समयमा विश्वव्यापी रूपमा घरेलु हिंसामा वृद्धि भएको बताएका छन् । उनले महिलामाथि हुने हिंसा रोक्ने प्रयास गर्न पनि सरकारहरूलाई आग्रह गरेका छन् । 

‘हामीलाई थाहा छ, लकडाउन र क्वारेन्टाइन कोभिड– १९ को नियन्त्रणका लागि आवश्यक छन्, तर यसले हिंसाका लागि महिलालाई ट्रयापमा पार्न सक्छ, धेरै महिला र केटीहरूका लागि सबैभन्दा ठूलो खतरा आफ्नै घरमा हुन्छ, जहाँ उनीहरू सुरक्षित हुनुपर्छ,’ गुटरेसले ट्विटरमा भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् । 

‘केही देशमा सहयोगका लागि फोन गर्ने हिंसापीडित महिलाहरूको संख्या लकडाउनका समयमा दोब्बर भएको छ, तर स्वास्थ्य सेवा प्रदायकहरू र प्रहरीहरू महामारी नियन्त्रणतर्फ मात्र ध्यान दिइरहेका छन् ।स्थानीय सहयोगी समूहहरू अहिले काम गर्न सक्ने अवस्थामा छैनन् वा उनीहरूलाई आर्थिक अभाव छ।’ राष्ट्र संघ प्रमुखले भने । 

Peace is not just the absence of war. Many women under lockdown for #COVID19 face violence where they should be safest: in their own homes.

Today I appeal for peace in homes around the world.

I urge all governments to put women’s safety first as they respond to the pandemic. pic.twitter.com/PjDUTrMb9v

— António Guterres (@antonioguterres) April 6, 2020

उनले दुर्व्यवहार गर्नेलाई कारबाही गर्न, फार्मेसी, किराना पसलहरूमा आपत्कालीन सेवा प्रणाली स्थापना गर्न र महिला सेल्टरहरूलाई आवश्यक सेवा प्रदान गरी हिंसापीडित महिलालाई सहयोग पुऱ्याउने गरी काम गर्न विश्वभरका सरकारलाई आग्रह पनि गरेका छन् । 

‘विश्व शान्तिका लागि कोभिड– १९ को नियन्त्रणसँगै हामीले एकसाथ युद्ध क्षेत्रदेखि घरसम्म जताततै हिंसा रोक्नैपर्छ,’ उनले भनेका छन् । ‘म सबै सरकारलाई कोभिड– १९ को नियन्त्रणसँगै महिलाविरुद्ध हुने हिंसा रोकथाम र निवारणलाई पनि जोड दिन आग्रह गर्छु ।’

जर्मनी, फ्रान्सलगायतका देशले कोरोना भाइरस फैलिन नदिन आवागमनमा लगाइएको प्रतिबन्धका बीच घरेलु हिंसा बढ्न सक्ने खतरा निकै रहेको चेतावनी दिएका छन् ।