मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
२०७६ चैत २६ बुधबार ११:२३:००
समाचार

लमजुङमा क्वारेन्टाइनबाट ९० जना घर फर्किए, स्वाब परीक्षण गरिएका नाैजनाकै रिपोर्ट नेगेटिभ

२०७६ चैत २६ बुधबार ११:२३:००

लमजुङमा क्वारेन्टाइनमा बसेका ९० जना घर फिर्ता भएका छन् । क्वारेन्टाइनको १४ दिनको बसाइपश्चात् विदेशबाट आएर क्वोरेन्टाइनमा बसेका एक सय १४ जनामध्ये अहिलेसम्ममा ९० जना घर फर्किएका हुन् । 

उनीहरू फर्किएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या २४ रहेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । उनका अनुसार चैत १ गतेपछि विभिन्न देशबाट दुई सय ८० जना जिल्ला भित्रिएका थिए । 

जिल्लामा विभिन्न देशबाट आएका र उनीहरूको परिवारका सदस्य गरी हालसम्म नाैजनाको स्वाब परीक्षण गरिएको र नाैजनाकै रिपोर्ट नेगेटिभ आएको उनले बताए । ‘विदेशबाट आएका र उनीहरूका परिवारका केही सदस्यकाे गरी नाैजनाको स्वाब परीक्षण गरिएको थियो, नाैजनाकै रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने । तीनजनाको स्वाब परीक्षणका लागि काठमाडाैं र ६ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएकाहरूलाई बस्न जिल्लाका ६८ स्थानमा नाै सय ४९ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।