मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २६ बुधबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार

गोकर्ण विष्टले गुल्मी पठाए तीन सय थान पिपिई

Read Time : < 1 मिनेट
२०७६ चैत २६ बुधबार १०:५७:००

गुल्मी क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले जिल्लाका लागि तीन सय थान पिपिई पठाएका छन् । जिल्लामा कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन निकै कसरत गरेर पिपिई पठाउन सफल भएको सांसद विष्टले बताए । 

उनले सबै पिपिई प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुऱ्याउने व्यवस्था मिलाउने जानकारी दिए । ‘देशकै परिस्थितिसँग कसरी जुध्ने निकै गम्भीर भएका छौँ,’ उनले भने, ‘त्यसमाथि जिल्लाको विषयमा पनि प्रशासन र स्थानीय तहसँग छलफल र संवाद भइरहेको छ । थप सजकता र समन्वयकाे खाँचो छ ।’

विष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरेर सहयोग गरिरहेको छ । स्वास्थ्य सामग्रीको चरम संकटका वेला पनि गुल्मी–२ का विभिन्न स्थानीय तहमा एक सय ८० सेट पिपिई, ८० थान स्यानिटाइजर, १५ थान ठूलो स्यानिटाइजर, थर्मलगन र मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पूर्वमन्त्री गोकर्ण विष्टका स्वकीय सचिव रमेश काउछाले बताए । उनले अझै पनि आफूलगायत थुप्रै व्यक्तिले काठमाडाैंमा समन्वय गरेर जिल्लाको अभावमा सहयोग गर्ने बताए ।