मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनिष खड्का 
२०७५ माघ ९ बुधबार १४:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

राप्ती राजमार्गको मर्मत हुँदै 

Read Time : < 1 मिनेट
मनिष खड्का 
२०७५ माघ ९ बुधबार १४:२१:००

राप्ती राजमार्गको सल्यान शितलपाटीदेखि रुकुम पश्चिम मुसीकोट सल्ले खण्डको सडक मर्मत हुने भएको छ । मर्मत सम्भार नुहँदा जिर्ण बनेको राजमार्ग मर्मतको लागि १५ करोड रुपैंया बजेट विनियनेजा भएको सडक डिभिजन कार्यालय चौरजहारी रुकुम पश्चिमले जनाएको छ । सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाबाट उक्त रकम प्राप्त भएको र निर्माणको लागि ठेक्का सम्झौता हुने क्रममा रहेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । 

बैदेशिक महाशाखाले सडकको अनुगमण गरी मर्मतका लागि बजेटको व्यवस्था गरेको उनले बताए । उनका अनुसार फागुन सम्ममा सम्झौता भइसक्ने छ । हाल सडक मर्मतको आशयपत्र आह्वान गरिएको र फागुन सम्ममा ठेक्का सम्झौता गरी काम सुरु हुने उनले बताए । सडक मर्मतको समयावधि १८ महिनाको हुने छ । रुकुम पश्चिम, सल्यान र दाङलाई जोड्ने राप्ती राजमार्ग जिर्ण बन्दा यातायात सेवा जोखिमपूर्ण बनेको छ । 

करिब ७ वर्ष अगाडि ओटाशिल भएको यस खण्डको धेरै ठाउँमा ओटाशिल उप्किएर गएको छ । जसको कारण वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या हुँदै आएको छ ।       

११ किलोमिटर सडक पुनर्निर्माण 
मुसीकोट सल्लेदेखि सल्यान शितलपाटी सम्मको ८४ किलोमिटर सडक मध्ये ११ किलोमिटर सडक पुनर्निर्माण हुने छ । बाँकी सडक मर्मत मात्र हुने सडक डिभिजन प्रमुख भट्टले बताए । बैदेशिक महाशाखाले गरेको अनुगमन प्रतिवेदनको आधारमा ११ किलोमिटर सडकको पुनर्निर्माण गर्नुपर्ने देखिएको र बाँकी सडक सामान्य मर्मत गरे हुने खालको देखिएको उनको भनाई छ ।