१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ  पत्रिका काठमाडौ
२०७६ चैत २६ बुधबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार

राजधानीमा लकडाउन उल्लंघन गर्ने २३ सय नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ  पत्रिका काठमाडौ
२०७६ चैत २६ बुधबार १०:२८:००

लकडाउन उल्लंघन गर्ने २३ सय एकजनालाई राजधानी काठमाडौं उपत्यकाबाट बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा १७ सय १८ जना पुरुष र पाँच सय ८३ जना महिला छन् ।

बिहान ६ बजेदेखि ८ बजेदेखिको समयमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अत्यावश्यक कामबाहेक सडकमा निस्केका उनीहरूलाई नियन्त्रणमा लिनुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरूलाई प्रहरीले तीन घन्टा सार्वजनिक स्थानमा राखेर फेरि लकडाउन उल्लंघन नगर्ने सर्तमा छोड्ने गरेको छ । त्यस्तै  लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेक र विनापास चलेका एक सय २९ वटा  सवारीसाधनलाई ट्राफिक प्रहरीले  नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक सेवामा खटिएका र पास लिएका सवारीसाधनहरू भने प्रहरीले चलाउन दिएको छ ।