१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ चैत २६ बुधबार १०:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना नियन्त्रणका लागि कति उपयोगी छ आयुर्वेदिक उपचार पद्धति?

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७६ चैत २६ बुधबार १०:०५:००

डा. ऋषिराम कोइराला, आयुर्वेद चिकित्सक आयुर्वेद स्वास्थ्य केन्द्र

एन्टिभाइरसयुक्त गुण भएका औषधि

आयुर्वेद चिकित्सा प्राचीन उपचार पद्धति हो । संसारमा आधुनिक चिकित्सा पद्धतिको सुरुवातभन्दा धेरैअगाडिदेखि प्रयोगमा आइरहेको यो उपचार पद्धतिलाई प्राकृतिक अथवा जीवनशैलीसँग समेत जोडेर हेरिन्छ । पछिल्लो समय महामारीका रूपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को अहिलेसम्म कुनै निश्चित भ्याक्सिन अथवा औषधि पत्ता लागेका छैनन् ।

तर, अन्य भाइरसजस्तै कोरोनाले पनि प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा बढी असर पु-याउने हुँदा यसको नियन्त्रण भने गर्न सकिन्छ ।जीवनशैली, खानपान, सामाजिक दूरी र सरसफाइजस्ता विषयमा ध्यान दिने हो भने शरीरमा प्रतिरोधी क्षमता बढाउनुका साथै कोभिड–१९ को संक्रमण दरसमेत घटाउन सकिन्छ । 

हाम्रो घरवरपर वा भान्सामा नै धेरै औषधिजन्य वस्तु सजिलै उपलब्ध हुन्छन् । तुलसी, लसुन, बेसार, अदुवा, टिमुर, दालचिनी, ज्वानो, तितेपाती, पीपल, देवदारुजस्ता बोटबिरुवामा औषधिजन्य गुण हुन्छ । सामान्यतया संक्रमणबाट जोगिनका लागि प्रतिरोधी क्षमता बढाउन विभिन्न औषधिजन्य खानेकुरा प्रयोगमा ल्याउन सकिन्छ । 

विभिन्न आयुर्वेदिक औषधि विज्ञानबाटसमेत प्रमाणित भएका छन् । शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरमा प्रवेश गरिसकेपछि पनि हानि गर्न नदिन आयुर्वेदिक औषधिहरू विकल्प बन्न सक्छन् । 

स्वस्थ खानपान र वातावरण

भाइरससँग लड्न शरीरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक छ । यसका लागि आफूवरपरको वातावरण र खानपान पनि स्वस्थ हुनुपर्छ । जस्तै, विषादी प्रयोग गरेर उब्जाइएका खानेकुरा, जंकफुड अथवा फास्टफुडको प्रयोगले शरीरमा प्रतिरोधी क्षमता घटाउँछ ।

विभिन्न आयुर्वेदिक औषधि विज्ञानबाट समेत प्रमाणित भएका छन् । शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरभित्र प्रवेश गरिसकेपछि पनि हानि गर्न नदिन आयुर्वेदिक औषधिहरू विकल्प हुन सक्छन् ।

भाइरसका लागि एन्टिबडी उत्पादन नहुँदासम्मका लागि आफूवरपरको वातावरण सफा हुनुपर्छ । आयुर्वेदमा शरीरको प्रतिरोधी क्षमता बढाउन सात्म्यता र उपायको नियम लागू हुन्छ । यसको अर्थ कुनै वस्तुमा अभ्यस्त हुनु र सन्तुलन मिलाउनु हो । एन्टिअक्सिडेन्टयुक्त खानेकुरा सन्तुलित रूपमा खाँदा शरीरमा प्रतिरोधी क्षमता बढ्छ । 

आयुर्वेदिक औषधिको प्रयोग

- भाइरल इन्फेक्सन नियन्त्रणका लागि नेपालमा पाइने जडीबुटी उपयुक्त औषधि हुन सक्छन् । सामान्यतया यार्सागुम्बा, जटामसी, पाँचऔँले, निर्मसी, कुट्कीजस्ता जडीबुटी प्रतिरोधी क्षमता बढाउनुका साथै भाइरस नियन्त्रणका महत्वपूर्ण हुन्छ । यस्ता जडीबुटीमाथि अनुसन्धान गरेर कोरोना भाइरसविरुद्ध औषधि बनाउन सकिन्छ । 

- नेपालमा प्रशस्त रूपमा औषधिजन्य बोटबिरुवा र जडीबुटी उपलब्ध छन् । पहाडमा पाइने देबदारु, चिराइतो, कुट्की, बर, पीपल, स्वामी, कापलको बोक्रा र तराईमा पाइने अश्वगन्धा, सतामरी, मुस्ली, बिदारीकन्दाजस्ता जडीबुटी परीक्षणबाट विभिन्न रोगका प्रमाणित औषधि हुन् । यस्ता जडीबुटीको उपयुक्त प्रयोग गर्न सकेमा कोरोना भाइरस सजिलै नियन्त्रण गर्न सकिन्छ ।

बलियो मनोविज्ञान

- व्यक्तिको मनोविज्ञानले शरीरमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । संक्रमण फैलिँदा आममानिसमा फैलिएको त्रासले समेत स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । भय, चिन्ता र डरका कारण प्रतिरोधी क्षमतामा क्रमशः ह्रास आउने भएकाले संक्रमणको विषयलाई लिएर अनावश्यक तनाव लिनुहुँदैन । तनावले गर्दा खानपानमा असर पुग्ने, पाचन प्रक्रिया प्रभावित हुने, शरीरमा तनाव हार्मोन विकास हुने भएकाले अस्वस्थ भइन्छ । 

-लामो समयसम्म कोरोनाको विषयमा मात्रै कुरा गर्ने, समाचार हेर्नेजस्ता क्रियाकलापले शरीरलाई अभ्यस्त बनाउँदै लान्छ । जसले गर्दा मानसिक रूपमा गम्भीर असर पर्न जान्छ । तसर्थ, सकारात्मक सोचको विकास गर्ने र प्राकृतिक रूपमा स्वस्थ आनीबानी अपनाउने हो भने कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।