१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २६ बुधबार ०९:०१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ बाँडफाँड, कसले कति पाए ?

Read Time : < 1 मिनेट
२०७६ चैत २६ बुधबार ०९:०१:००

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको आइपिओ आज बिहान ७ बजेर ३० मिनेटमा बाँडफाँड भएको छ । कम्पनीकाे बिक्री प्रबन्धक आरबिबी मर्चेन्टका अनुसार लगानीकर्ताहरूले अधिकतम ५० कित्तासम्म पाएका छन् । तीन लाख ९० हजार ६ सय ३८ जना योग्य आवेदकले कम्पनीको आइपिओ पाएका छन् । 

कम्पनीको आइपिओमा कुल आवेदक तीन लाख ९१ हजार ६ सय २६ जना थिए । तर, नाै सय ८८ जनाको आवेदन रद्द भएको क्यापिटलले बताएको छ ।  १० कित्ताका लागि आवेदन दिने २७ हजार सात सय ४८ जनाले १० कित्ता नै सेयर पाएका छन् ।  २० कित्ताको लागि आवेदन दिने १५ हजार पाँच सय ९० जनाले २० कित्ता नै सेयर पाएका छन् । 

त्यस्तै ३० कित्ताको लागि आवेदन दिने एक लाख २७ हजार सात सय २३ जनाले ३० कित्ता नै सेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार नाै सय २९ जनाले ४० कित्ता सेयर पाएका छन् । 

५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने तीन लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता सेयर पाएका छन् । तीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार दुई सय ४५ जनाले थप १० कित्ता सेयर पाएका छन्  । कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ६० लाख कित्ता आइपिओ जारी गरेको थियो ।