Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २६ बुधबार ०८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिवि छात्रावासका विद्यार्थीलाई खान समस्या

Read Time : < 1 मिनेट
२०७६ चैत २६ बुधबार ०८:३३:००

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको होस्टेल र बाहिर भाडामा बस्दै आएका विद्यार्थी समस्यामा परेका छन् । लकडाउनका कारण घरबाट रकम नआएपछि उनीहरू समस्यामा परेका हुन् । केही विद्यार्थी घर गए पनि छात्र ७० र छात्रा १९ जना होस्टेलमा बस्दै आएका छन् । 

कीर्तिपुरस्थित होस्टेलमा बस्दै आएका त्रिवि स्नातकोत्तर तह शिक्षाशास्त्र संकाय चौथो सेमेस्टर अध्ययनरत हेमराज थापाले लकडाउनका कारण घरबाट पैसा नआएकाले समस्यामा परेको बताए । सामान किन्ने पैसा अभाव भएपछि विद्यार्थीलाई विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयले केही दिनअघि पाँच–पाँच किलो चामल र केही संस्थाले एक–दुई दिनलाई पुग्ने चामल–दाल दिएका थिए ।

‘घरबाट पैसा नआएपछि खाद्यान्न अभाव भएको छ,’ उनले भने, ‘अरूले दिएको चामल र दालले केही दिन राहत भयो, अब फेरि समस्या हुन थालेको छ ।’ होस्टेलबाहिर कीर्तिपुर क्षेत्रमै भाडामा बस्ने त्रिवि केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीसमेत समस्यामा छन् । छात्रावासबाहिर भाडामा बस्दै आएका त्रिविका विद्यार्थी रामप्रसाद शर्माले बाहिर निकै कठिन भएको बताए । लकडाउनका कारण घरबाट रकम नआउँदा खाद्यान्न र ग्यासको समेत अभाव भएको उनले बताए । कीर्तिपुर नगरपालिकाका मेयरलाई ध्यानाकर्षण गराउँदासमेत कोठाभाडामा बस्नेलाई राहत नदिने र स्थानीय बासिन्दालाई मात्र दिने बताएको गुनासो गरे ।