Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ चैत २६ बुधबार ०८:०६:००
Read Time : < 1 मिनेट
अर्थ

नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ चैत २६ बुधबार ०८:०६:००

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्बाट सोमबार नियुक्त अधिकारीले मंगलबार कार्यभार सम्हाल्दै मुलुकको केन्द्रीय बैंकको छुट्टै र विशिष्ट पहिचान रहेकाले यसको स्वायत्तता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । ‘मुलुकको केन्द्रीय बैंकका रूपमा राष्ट्रको छुट्टै र विशिष्ट पहिचान छ,’ गभर्नर अधिकारीले भने, ‘छवि, स्वायत्तता एवं निष्ठालाई कायम राख्ने प्रतिबद्धता जनाउँछु ।’ 

‘मुलुकको केन्द्रीय बैंकका रूपमा राष्ट्रको छुट्टै र विशिष्ट पहिचान छ,’ गभर्नर अधिकारीले भने, ‘छवि, स्वायत्तता एवं निष्ठालाई कायम राख्ने प्रतिबद्धता जनाउँछु ।’ 

कोरोना भाइरसको संक्रमण जोखिमले मुलुकको अर्थतन्त्रलाई कहाँसम्म पु-याउँछ भन्ने निश्चित नरहेको र त्यसबाट आउन सक्ने चुनौतीलाई सम्बोधन गर्न राष्ट्र बैंकले हरसम्भव पहल गर्नेसमेत उनले बताए । राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेकाले लक्ष्य र उद्देश्य प्राप्तिका लागि एकजुट भएर अघि बढ्नसमेत उनले कर्मचारीलाई आह्वान गरे । 

अधिकारी राष्ट्र बैंकको १७औँ गभर्नरका रूपमा सोमबार चयन भएका हुन् । पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका अधिकारीले २०४२ मा राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए । उनी उप–निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै ०६७ पुसदेखि ०७२ पुससम्म डेपुटी गभर्नरको जिम्मेवारीमा थिए ।

गभर्नरमा नियुक्त हुनुअघि उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनले सन् २००३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सिएको अध्ययन पूरा गरेका छन् ।