समाचार
डा. केसीको समर्थनमा आवासीय चिकित्सकको र्याली
Read Time : < 1 मिनेट
२०७५ माघ ९ बुधबार १३:३१:००
अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले बुधबार र्याली निकालेका छन् ।
१६औं अनसनको १५ दिन भइसक्दा पनि सरकारले मागप्रति कुनै चासो नदेखाएको भन्दै केसीको समर्थनमा गणेशमान सिंह भवन अगाडि र्याली निकालेका हुन् । सरकारले माग पुरा नगरुन्जेल विरोधका कार्यक्रम जारी राख्ने आवासीय चिकित्सकहरुले बताएका छन् ।