१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २६ बुधबार ०७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लकडाउनमा खाद्य संकट हुन नदिन ‘फुड बैंक’

Read Time : < 1 मिनेट
२०७६ चैत २६ बुधबार ०७:१७:००

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै पाँचथर जिल्लामा फुड बैंक स्थापना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायी र सरोकारवालाको सहयोगमा त्यस्तो बैंक शुक्रबार साँझदेखि सुरु भएको हो । 

म्यासेन्जरमा ग्रुप तयार गरेर आह्वान गरेपछि बैंक औपचारिक रूपमै सुरु भएको हो । जिल्लामा रहेका व्यवसायी र सहयोग गर्न चाहने जिल्लाबाहिरका समेत नागरिकका लागि याचना 
गरिएको छ । 

शनिबार साँझसम्म बैंकमा नगद मात्रै ९१ हजार ५ सय ५५ रुपैयाँ जम्मा भएको छ । यो अवधिसम्म खाद्यान्नमा ५ हजार ५ सय ३५ किलोग्राम चामल, १ सय ५० किलो आयो नुन, १ सय ६० लिटर तेल र १ सय ७५ किलोग्राम दाल संकलन भएको छ । संकलित नगद र खाद्यान्न सबै व्यवसायी र सहयोगीमार्फत आएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए । 

‘पिसिसिआई फुड बैंक’ नाम दिइएर थालिएको बैंकको भण्डारण पाँचथर उद्योग वाणिज्य संघको गोदाममा गरिएको छ । उद्योग वाणिज्य संघको तयारीअनुसार फुड बैंकमा संकलित खाद्य सामग्री प्रत्येक स्थानीय तहलाई उपलब्ध गराइनेछ । जिल्लामा ८ स्थानीय तह छन् । 

प्रत्येक स्थानीय तहमा रहेका अतिविपन्नको पहिचान गरी स्थानीय तहमार्फत नै राहत उपलब्ध गराउने तयारी संघको छ । ‘आफैँ राहत लिएर हामी जाँदैनौँ,’ संघका अध्यक्ष नेपालले भने, ‘स्थानीय तहलाई नै दिने हो ।’