मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
धनगढी कभर्डहलमा क्वारेन्टाइनका लागि तयार गरिएका बेडहरू
प्रकाश कँडेल काठमाडौं
२०७६ चैत २६ बुधबार ०६:४४:००
Read Time : > 1 मिनेट
खेलकुद

संकटमा उपयोगी खेलकुद संरचना

Read Time : > 1 मिनेट
प्रकाश कँडेल, काठमाडौं
२०७६ चैत २६ बुधबार ०६:४४:००

कोरोना भाइरस महामारीका कारण विश्वभर खेलकुदका गतिविधि ठप्पप्रायः छन् । नेपालमा पनि खेलकुदका सबै कार्यक्रम स्थगित छन् । गतिविधिविहीन बनेका खेलकुदका भौतिक संरचना यो संकटको समयमा मानवीय कार्यका लागि उपयोगी बनेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मातहत देशका विभिन्न स्थानमा रहेका खेलकुदका भौतिक संरचनामा अस्थायी क्वारेन्टाइन सेन्टर निर्माण भएका छन् । अस्थायी क्वारेन्टाइन सेन्टरको निर्माण र सञ्चालन भने स्थानीय सरकारले गरेको हो । 

राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाका अनुसार नवलपुर, प्युठान, कैलाली र सर्लाहीमा रहेका कभर्डहलमा अस्थायी क्वारेन्टाइन सेन्टर निर्माण गरिएका छन् । नवलपुरको कभर्डहलमा आठ शड्ढया र प्युठानको कभर्डहलमा ३५ शड्ढयाको अस्थायी क्वारेन्टाइन सेन्टर बनेका छन् । यस्तै, कैलालीको कभर्डहल र रंगशालामा गरी ७० शड्ढया र सर्लाहीको कभर्डहल र रंगशालामा गरी २० शड्ढयाको अस्थायी क्वारेन्टाइन सेन्टर निर्माण गरिएका छन् । 

‘हामीले आवश्यकताअनुसार हाम्रो मातहत रहेका खेलकुदका सबै भौतिक संरचना प्रयोग गर्न दिने निर्णय गरेका छौँ,’ राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले भने, ‘त्यसअनुसार उपत्यकाबाहिर विभिन्न जिल्लामा रहेका खेलकुदका संरचनामा अस्थायी क्वारेन्टाइन सेन्टर सञ्चालनका लागि प्रयोग भएका छन् ।’

उनले आवश्यक परे उपत्यकाभित्र सातदोबाटो र त्रिपुरेश्वरमा रहेका खेलकुदका संरचनालाई पनि प्रयोग गर्न सकिने बताए । ‘हामीसँग उपत्यकामा अझै त्यस्ता धेरै संरचना छन्, जुन संकटको अवस्थामा प्रयोग गर्न सकिन्छ,’ थापा भन्छन्, ‘ती ठाउँमा अस्थायी क्वारेन्टाइन सेन्टर निर्माण वा अन्य उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ ।’ यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा)को रौतहटस्थित महिला एकेडेमीलाई पनि अस्थायी क्वारेन्टाइन सेन्टरका रूपमा प्रयोगमा ल्याइएको छ । 

एन्फा प्रवक्ता किरण राईका अनुसार रौतहटको महिला एकेडेमीमा ७५ शड्ढयाको अस्थायी क्वारेन्टाइन निर्माण भएको छ । जसमा ५४ जनालाई राखिएको छ । ‘हामीले सरकारलाई एन्फामातहत काठमाडौंभित्र र बाहिर रहेका कुनै पनि भौतिक संरचना प्रयोग गर्न दिने सूचना जारी गरेका थियौँ,’ प्रवक्ता राईले भने, ‘त्यसअनुसार अहिले रौतहटको महिला एकेडेमीमा ७५ शड्ढयाको अस्थायी क्वारेन्टाइन सेन्टर निर्माण भएको छ ।’ 

प्रवक्ता राईका अनुसार आवश्यक परेको खण्डमा सातदोबाटोस्थित एन्फा एकेडेमीमा व्यवस्थित रूपमै ५० देखि ७० जनालाई राख्न सकिनेछ । यस्तै, बुटवल र धरानमा पनि ५० जनासम्मलाई राख्न सकिने उनले बताए ।