Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दाङका इट्टा उद्योगको अनुगमका क्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायत ।
२०७६ चैत २५ मंगलबार २२:०१:००
Read Time : < 1 मिनेट
समाचार

भारतीय मजदुरको बाहुल्य रहेका दाङका इँटा उद्योगमा अनुगमन 

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार २२:०१:००

जिल्ला प्रशासन कार्यालय दाङले भारतीय मजदुरको बाहुल्य रहेका इँटा उद्योगहरूको स्थलगत अनुगमन गरेको छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दाङका विभिन्न स्थानमा रहेका उद्योगहरूमा कार्यरत मजदुरहरूको अवस्था बुझ्न अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा प्रत्येक उद्योगमा करिब सयदेखि तीन सयसम्म मजदुर कार्यरत रहेको र तीमध्ये अधिकांश भारतीय भएको पाइएको छ । इँटा उद्योगमा भारतीय मजदुरको बाहुल्य पाइए पनि हालसम्म उनीहरूको स्वास्थ्य जाँच नगरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘भारतीय मजदुरको बाहुल्य भएका कारण उनीहरूको अवस्था बुझ्न स्थलगत अवलोकन गरेका हौँ,’ रिजालले भने, ‘अनुगमनका क्रममा नेपालमा ‘लकडाउन’ सुरु भएपछि ती उद्योगबाट मजदुरले बाहिर आवतजावत नगरेको पाइएको छ ।’ 

दाङको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा ३६ वटा इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूमा प्रायजसो भारतको उत्तर प्रदेशका मजदुर कार्यरत छन् । प्रशासनले भारतीय मजदुरलाई इँटा उद्योगबाहिर आवतजावत गर्न नदिन कडा निर्देशन जारी गरेको जनाएको छ । रिजालले लकडाउनका कारण इँटा उद्योगको काम ठप्प हुने स्थिति आएको र मजदुर पनि कामविहीन हुँदा बाँच्न गाह्रो पर्ने अवस्था आए पनि कोरोनाको चुनौतीलाई ख्याल गर्दै व्यवसायीलाई नआत्तिन आग्रह गरिएको जानकारी दिए ।

‘कच्चा पदार्थको अभावका कारण इँटा उद्योगको काम ठप्प हुने अवस्था आएको छ । योसँगै मजदुरले दैनिक ज्याला नपाउने र उनीहरूलाई जीविकोपार्जन गर्न पनि अप्ठ्यारो हुने स्थिति पनि छ,’ रिजालले भने, ‘यस अवस्थामा कोराेनाको चुनौतीलाई ख्याल गर्दैै व्यवसायीहरूले नै मजदुरहरूलाई खाद्यान्न उपलब्ध गराउन आग्रह गरेका छौँ ।’