मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २५ मंगलबार २१:०२:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश २ मा नाै सय ६३ जना क्वारेन्टाइनमा, एक सय १९ को स्वाब टेस्ट

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार २१:०२:००

काेरोना भाइरस (कोभिड– १९) संक्रमण निगरानी गर्न प्रदेश २ का जिल्लाहरूमा नौ सय ६३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार आठवटै जिल्लामा गरी नौ सय ६३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ मा स्थापना गरिएका एक सय ४४ क्वारेन्टाइनमा उनीहरूलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार प्रदेशमा क्वारेन्टाइन क्षमता भने तीन हजार एक सय ७४ छ । प्रदेश २ मा एक सय २० जना राख्न मिल्ने गरी आइसोलेसन वार्ड बनाइएकोमा विभिन्न जिल्लामा गरी २२ जनालाई आइसोलेसन वार्डमा राखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ का एक सय १९ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । स्वाब संकलन गरिएकामध्ये एक सय तीनजनाको रिपोर्ट आइसकेको र सबैको नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ । बाँकी १६ जनाको भने रिपार्ट आउन बाँकी छ ।