१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७५ माघ ९ बुधबार १३:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ९ बुधबार १३:४२:००

गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभासद् भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । 

सभासद् दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त गरेका रकम सात लाख ३० हजार तीन सय १५ सामाजिक क्षेत्रमा खर्च गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट काङ्गेसका तर्फबाट निर्वाचित भएका सभासद् दवाडीले तलब भत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको बताए । साथै उनले तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेका छन् । 

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारबाट तलब भत्ताबापत प्राप्त रकममा थप चार लाख ९० हजार नाै सय पाँच थप गरी एक वर्षको अवधिमा कूल १२ लाख २१ हजार दुई सय २० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको बताए ।

'मैले निर्वाचनमा जितेलगत्तै सभासद् भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए', उनले भने, 'मैले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।' 

सभासद् दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताए ।