मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पिपिइ सेट, थर्मल गण लगायतका स्वास्थ्य सामग्रि स्थानीय तहलाई बाँढिदै ।
मनीष खड्का रुकुम पश्चिम
२०७६ चैत २५ मंगलबार १८:१२:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम पश्चिमका स्थानीय तहलाई पिपिईसहितका स्वास्थ्य सामग्री प्रदान

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७६ चैत २५ मंगलबार १८:१२:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रुकुम पश्चिममा विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ । जिल्लाका ६ वटा स्थानीय तहका लागि पिपिई सेटसहित विभिन्न स्वास्थ्य सामग्री मंगलबार ल्याएर स्थानीय तहलाई बाँडिएको छ ।

स्वास्थ्यकर्मीले प्रयोग गर्ने ६० थान पिपिई सेट, सात सय २० वटा स्यानिटाइजर, ३२ थान थर्मलन, दुई हजार थान पन्जा र ३० थान एन नाइन्टी फाइभ मास्क जिल्ला आइपुगेकामा सबै सामग्री सबै स्थानीय तहलाई बाँडिएको हो ।

अस्पताल भएका स्थानीय तहलाई अन्य स्थानीय तहको तुलनामा पिपिई, थर्मलगनलगायतका सामग्री बढी मात्रामा दिइएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा जिल्लामा यी स्वास्थ्य सामग्री ल्याइएको हो । प्रभाकरले यसअघि पनि ३९ थान पिपिई सेटसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका थिए । 

यसपटक भने सामग्री लिएर प्रभाकर आफैँ जिल्ला पुगेका हुन् । मंगलबार जिल्ला समन्वय समितिमा बोलाई सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूलाई उक्त सामग्री हस्तान्तरण गर्दै नेता प्रभाकरले प्राप्त सामग्रीलाई उचित प्रयोग गर्न आग्रह गरे । 

केही दिनअघि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले आफूसँग ज्वरो नाप्ने सामग्रीसमेत नभएको गुनासो गरेको शर्माले बताए ।