मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ चैत २५ मंगलबार १४:११:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसबाट चीनमा मृत्यु शून्य 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २५ मंगलबार १४:११:००

चीनमा कोरोना भाइरसबाट हुने मृत्यु शून्य भएको चीनको राष्ट्रिय स्वास्थ्य आयाेगले जनाएको छ । 

वुहानमा डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसका करण जनवरी ११ देखि दैनिक धेरै मानिसको मृत्यु भइरहेको थियो । विश्वभर अहिले महामारीका रूपमा फैलिएको भाइरस चीनले भने फेब्रुअरी अन्तिम सातादेखि नियन्त्रण नजिक पुर्याएकाे थियो ।

त्यस्तै नयाँ संक्रमितको संख्या पनि मंगलबार ३२ मा झरेको चीनले जनाएको छ । मंगलबार फेला परेका ३२ नयाँ संक्रमित पनि सबै विदेशबाटै फर्किएका मानिस रहेको आयोगले जनाएको छ । सोमबार ३९ नयाँ संक्रमित भेटिएका थिए ।

चीनमा पछिल्लो समय फेला परिरहेका सबैजसो संक्रमित विदेशबाट आएका मानिसहरू रहेको स्वास्थ्य अधिकारीहरूले जनाउँदै आएका छन् । चीनमा  कोरोना भाइरसका कारण तीन हजार तीन सय ३१ को मृत्यु भएको छ भने ८१ हजार सात सय ४० जना संक्रमित भएका थिए । हाल भने चीनमा १५ सयभन्दा कम मानिस मात्रै संक्रमणको अवस्थामा छन् । 

चीनमा भाइरसको दोस्रो तरंग विदेशबाट फर्किनेहरूले ल्याउने चिन्ता रहेकाले सतर्कता अपनाइरहेको छ । त्यसकारण हाल चीनमा सातामा एउटा विमान मात्रै आउन–जान पाउँछ र उक्त विमानमा पनि ७५ प्रतिशतभन्दा बढी यात्रु बोक्न रोक लगाइएको छ ।

भाेलि ८ अप्रिलबाट वुहानका बासिन्दाले सहरबाहिर यात्रा गर्न पाउनेछन् । तैपनि त्यहाँका स्वास्थ्य अधिकारीहरूले लक्षण नदेखिएका केही मानिस अझै संक्रमणको अवस्थामा रहेको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चीनले अप्रिलको सुरुबाट विनालक्षणका मानिसहरूलाई समेत जाँच सुरु गरेको छ । हालसम्म एक हजारभन्दा बढी मानिसलाई परीक्षणका लागि राखिएको आयोगले जनाएको छ ।