Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ चैत २५ मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
विश्व

जापानमा संकटकाल घोषणा 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २५ मंगलबार १३:२९:००

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार टोकियोलगायत केही भागमा संकटकाल घोषणा गरेका छन् । 

जनताको जीवन र अर्थ–व्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएकाले संकटकाल घोषणा गरेको उनले बताए । टोकियो र ओसाकाजस्ता सहरी क्षेत्रमा नयाँ संक्रमणको तीव्र प्रसारलाई कम गर्न सोमबार नै संकटकाल घोषणा गर्ने योजना सार्वजनिक गरेका थिए । संकटकाल मंगलबार रातिदेखि लागू हुनेछ । 

नयाँ व्यवस्थाअनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरूले आमजनतालाई आ–आफ्ना घरभित्रै बस्न र व्यापार–व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् । तर, यो युरोप र संयुक्त राज्य अमेरिकाका कतिपय क्षेत्रमा देखापर्ने लकडाउनजस्तो कडा प्रतिबन्ध होइन । जापानमा आपत्कालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार–व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन । विज्ञहरू र स्थानीय नेताहरूले संकटकाल घोषणाका लागि जोड दिएका थिए ।

जापानमा हालसम्म चार हजार ४१ जना भाइरसबाट संक्रमित भएका छन् भने एक सय आठजनाको मृत्यु भएको छ ।