Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ चैत २५ मंगलबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार

भ्रष्टाचारविरुद्ध सरकारले निर्मम भएर कारबाही गर्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार ११:५८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने सरकारको प्रतिवद्धतालाई लगातारको प्रचारले कमजोर पार्न नसक्ने बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार पछि पर्ने छैन ।’ 

सरकार र राजनीतिक दल, जनता सबैबीचको राष्ट्रिय एकता नै महामारीमाथिको विजय भएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरण आपूर्तिमा परेको बताउँदै मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसा खोस भएको र विभिन्न मुलुकहरूप्रति आरोप प्रत्यारोप चलिरहेको बताए । 

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने बताउँदै प्रधानमन्त्री अ‍ोलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताए । स्वास्थ्य उपकरण आपूर्तिका लागि सरकारले व्यवस्था गरेको बताए ।

उनले भने, ‘अवस्था सामान्य होस् या असामान्य सरकारका कामकारवाहीहरु विधिसम्मत हुनुपर्दछ र सुशासनका मानकमाथि खरो उत्रिनै पर्दछ ।’  त्यसैगरी प्रधानमन्त्री ओलीले सरकारका कुनै पनि संवैधानिक अङ्गहरूको संपरीक्षणभन्दा माथि नहुने बताए ।

उनले भने, ‘तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेसा तयार रहन्छ । तर कामै गर्न नसक्ने प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र गलत प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित गर्छ ।’ 

खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका अलाोचना र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको पनि उनले बताएका छन् । संकटको अवस्थामा सरकारलाई असफल देखाउन विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारवाजी बेमौसमी बाजाजस्तै भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तो प्रवृत्ति किमार्थ प्रसंसनीय हुन नसक्ने उनले बताए ।