Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
लक्ष्मी बलायर काठमाडाैं
२०७६ चैत २५ मंगलबार ११:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोनाबाट बच्न स्वास्थ्यकर्मीले अपनाऔँ यस्ता सावधानी

Read Time : < 1 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ चैत २५ मंगलबार ११:१६:००

- डा. अग्रज उप्रेती, फिजिसियन 

स्वास्थ्यकर्मीलाई बचाउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वर्गीकरणअनुसार उचित ठाउँमा पिपिई वितरण गर्नुपर्छ कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउनुमा दुईवटा स्वार्थ छन् ।

पहिलो : स्वास्थ्यकर्मी नै बिरामी भयो भने अरू बिरामीको हेरचाह कसले गर्ने । दोस्रो : स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा उसको सम्पर्कमा आएका अन्य बिरामीलाई पनि सर्छ । र, घरपरिवारलाई पनि । यसकारण उनीहरूले निम्न विषयमा ध्यान दिनुपर्छ । 

- स्वास्थ्यकर्मीले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ । साथै, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) अनिवार्य लगाउनुपर्छ । 

- स्वास्थ्यकर्मीलाई बचाउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वर्गीकरणअनुसार उचित ठाउँमा पिपिई वितरण गर्नुपर्छ । पिपिईले कोरोना भाइरसलाई शरीरभित्र जान रोक्छ । यसमा गाउन, एन–९५ माक्स र पन्जा आदि हुन्छन् ।

- बिरामी पनि पिपिई नलगाएको डाक्टरकोमा चेक गर्न नजाँदा उत्तम हुन्छ । पिपिई नलगाएको डाक्टरकोमा जाँदा निकै खतरा हुन्छ । पिपिई नलाएको डाक्टरकोमा कोरोना लागेको बिरामी आयो भने उसले डाक्टरको शरीरमा भाइरस सार्न सक्छ । त्यसपछि त्यो डाक्टरले भाइरस अन्यमा सार्न सक्ने सम्भावना बढी हुन्छ । 

- कोरोना संक्रमित बिरामीको उपचारमा लागेका डाक्टरका लागि निश्चित नियम बनाइएको छ । जसअनुसार डाक्टरले दिनमा ४ घन्टा र एक हप्ताभन्दा बढी काम गर्नुहुँदैन । किनकि, स्पेन र इटालीका  स्वास्थ्यकर्मीको मृत्यु हुनुको कारण कामको बोझ उच्च भएर हो । तर, नेपालमा सरकारले डाक्टरको प्रोटोकल नै नबुझेको स्थिति छ । 

-अस्पतालमा काम गर्ने डाक्टर मात्र होइनन् । स्विपरहरूसमेत कोरोनको जोखिममा छन् । उनीहरू दिनहुँ अस्पतालमा काम गर्छन् । स्विपरले पनि उनीहरूका परिवारलाई रोग सार्न सक्छन् ।