१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुकुन भुसाल, अभिनेता
२०७६ चैत २५ मंगलबार ११:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

लकडाउनमा सेलेब्रिटी : शुभ समाचारको पर्खाइमा

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार ११:११:००

कोभिड–१९ ले संसारभर महामारीको रूप लिँदै गर्दा अन्य मुलुकजस्तै नेपालले पनि लकडाउन गर्ने निर्णय लियो । त्यतिवेला हाम्रो टिम राजधानीबाहिर चलचित्र ‘विच्छेद’को छायांकन गर्दै थियो । लकडाउन घोषणा भइसकेपछि सुटिङ पछाडि सारेर हामी काठमाडौं आयौँ ।

लकडाउनयताको समयमा म आफूमा सकारात्मक ऊर्जा भर्न प्रयासरत छु । सकारात्मक भावना मात्र उत्पन्न हुने कुरा पढ्न र सुन्नमा आफूलाई केन्द्रित गरेको छु । फुर्सदिलो समय भएकाले चलचित्र हेर्दै, पुस्तकहरू पढ्दै र लेख्दै समय बिताइरहेको छु ।

सबैले जस्तै म पनि सामाजिक दूरी कायम राख्दै घरभित्र बसेर सरकारलाई सघाइरहेको छु । पछिल्लो समय मैले खासै कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित समाचार हेर्ने र सुन्ने गरेको छैन । जान्नै मन लागे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अधिकारिक पेजमा गएर हेर्ने गरेको छु ।

यो अवस्थामा त्रास फैलाउने सञ्चारमाध्यम पनि छन्, जुन म हेर्दै हेर्दिनँ । संसारका शक्तिराष्ट्रहरू समाधानका खोजीमा दिनरात लागिपरेका वेला म घरभित्र बसेर सरकारलाई सहयोग गर्दै ढिलोचाँडो प्राप्त हुने शुभ समाचार कुरिरहेको छु । केही दिनपछि पक्कै हरेक कुरा सामान्य हुनेछ ।