मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २५ मंगलबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार

 हुम्लामा  क्वारेन्टाइनमा बसेका सातजना घर फर्किए

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १०:५४:००

जिल्ला सदरमुकाम सिमकोटस्थित रानीवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका सातजना १४ दिनको बसाइपछि घर फर्किएका छन् । नेपालगन्ज, सुर्खेतलगायत सहरबाट मुगु जिल्लाको गमगडी हुँदै उनीहरू हुम्ला आएका उनीहरू क्वारेन्टाइनमा बसेका थिए । 

जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाका अनुसार उनीहरूलाई १४ दिनको अवधि पुगेपछि क्वारेन्टाइनबाट आज घर फर्काइएको हाे । मुगु हुँदै हुम्ला प्रवेश गर्दा उनीहरूलाई बीचबीचमा हेल्थ डेक्समा चेकजाँच गरिएकोे र क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या नदेखिएपछि घर फर्काइएको डाक्टर रोकायाले बताए । क्वारेन्टाइनमा बसेका सातजना इमानदारपूर्वक १४ दिन क्वारेन्टाइनमा बसेका हुन् ।

स्वास्थ्य चेकजाँच गरेर क्वारेन्टाइनबाट उनीहरूलाई घर फर्काएको हो ।  जिल्लाका  सातवटै स्थानीयमा आठ सय ६१ जना जिल्ला भित्रिए पनि  हाल ७२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।