१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २५ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

गुल्मीका ५ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाइयो

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १०:२८:००

गुल्मीमा पहिलो पटक कोरोना आशंकामा पाँच जना व्यक्तिको स्वाब परीक्षण थालिएको छ । सोमबार मुसिकोट नगरपालिका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको स्वाब संकलन गरेर भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । 

गत चैत ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवयजको विमानबाट नेपाल आएका थिए । पच्याले प्रयोगशालामा नमुना संकलनको चाप हेरेर ४२ देखि ७२ घण्टामा उनीहरुको रिर्पोट आउने बताए ।  रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा थिए  भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेको पच्याले बताए । जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कामहरु प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा संकट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ । 

केन्द्रमा जिल्ला समन्वय अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी र सदरमुकाममा रहेका सरकारी अस्पताल प्रमुख सदस्य छन् । त्यस्तै संकास्पद बिरामीहरुलाई तत्काल अस्पतालसम्म पुराउन गुल्मी अस्पतालका डाक्टर कविराज भुसालको संयोजकत्वमा (पिआरटी) टोली गठन गरिएको छ । त्यो टोलीमा बिरभद्र जंग गुल्मको प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधी, स्वास्थ्य कार्यालयको प्रतिनिधी र सशस्त्र प्रहरी बल गुल्मका प्रतिनिधी सदस्य रहने व्यवस्था गरिएको छ ।