मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०८:२१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ चैतभित्रै बाँडफाँड हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०८:२१:००

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ चैतभित्रै बाँडफाँड हुने भएको छ । कम्पनीका बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले सकेसम्म चैत २६ गते आइपिओ बाँडफाँड गर्ने तयारी गरिएको बताए । कोरोना भाइरसका कारण लगानीकर्ताको रकम लामो समयसम्म होल्ड भएकाले लकडाउन भएपनि बाँडफाँड गर्ने तयारी गरेको उनको भनाइ छ । 

कम्पनीले १ करोड ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो । आइपिओ बिक्री गरेको एक साता चैत १४ गते नै बाँडफाँड गर्ने तयारीमा कम्पनी रहेपनि चैत ११ गतेदेखि लकडाउन भएकाले बाँडफाँड गर्न नसकेको बताएका छन् ।

क्यापिटलका अनुसार आइपिओमा ५ अर्ब७५ करोड ४७ लाख ३५ हजार रुपैयाँबराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७ सय २२ जनाले आवेदन दिएका छन् ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपिओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर निष्कासन गरेको हो ।