Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी लन्डन
२०७६ चैत २५ मंगलबार ०७:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

सान्चेजलाई लोभ्याउँदै वेस्टह्याम

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७६ चैत २५ मंगलबार ०७:५२:००

इंग्लिस क्लब वेस्टह्यामले चिलीका स्ट्राइकर एलेक्सिस सान्चेजलाई भित्र्याउने सुर कसेको छ । वेस्टह्यामले सान्चेज आबद्ध हुँदा प्रतिसाता चार लाख पाउन्ड दिने प्रस्ताव अघि सारेको छ । वेस्टह्यामले यसै साता गोप्य रूपमा सान्चेजका एजेन्टसँग कुराकानी गरेको छ । क्लब र एजेन्टबीच सकारात्मक छलफल भएको ब्रिटिस मिडियाले जनाएको छ । 

अहिले सान्चेज लोनमा म्यानचेस्टर युनाइटेडबाट सिरिए क्लब इन्टरमिलानमा प्रतिस्पर्धा गरिरहेका छन् । इन्जुरीका कारण सान्चेजले इन्टरमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टरमा सान्चेजले यो सिजनमा १५ खेलमा १ गोल मात्र गरेका छन् । उनले मैदानमा पाँच सय ९६ मिनेट बिताएका छन् । 

बढीजसो समय इन्जुरी नै भएपछि सान्चेजलाई युनाइटेड फर्काउने योजनामा इन्टर छ । सान्चेज अर्को क्लबमा स्थानान्तरण हुन युनाइटेडको अनुमति चाहिन्छ । २०१८ मा युनाइटेडले आर्सनलबाट ६ करोड ६५ लाख पाउन्डमा ओल्ड ट्राफोर्डमा भित्र्याएको थियो । युनाइटेडले सान्चेजको मार्केट भ्यालु १० करोड ६० लाख पाउन्ड राखेको छ । सान्चेज र युनाइटेडबीच एक वर्षको सम्झौता बाँकी छ । अहिलेसम्म सान्चेज आधिकारिक रूपमा युनाइटेडकै खेलाडी हुन् ।
 
३१ वर्षीय सान्चेजले वेस्टह्यामको प्रस्ताव अस्वीकार नगरेको उनका एजेन्टले बताएका छन् । एजेन्ट फर्नान्डो फेलिभेसिकले सान्चेज यसै समरमा नयाँ क्लबमा जान सक्ने बताएका छन् । इन्टरमा रहँदा पनि सान्चेजलाई युनाइटेडले तीन लाख पाउन्ड प्रदान गरेको छ । यसैगरी इन्टरले त्यसमा एक लाख पाउन्ड थप गरेको अवस्था छ ।