मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०६:५७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा चीनबाट चाँडै स्वास्थ्य सामग्री आउँदै छ : चिनियाँ राजदूत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०६:५७:००

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् । चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् । 

चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तरसहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् । ‘चीनले पनि नेपाललाई सहयोग पुर्‍याउन कोसिस गरिरहेको छ । हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ । महामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइनसम्बन्धी जानकारी र अनुभव हामीले सुनाएका छौँ,’ उनले भनेकी छन् ।

चीन सरकारले नेपाललाई भौतिक सहयोग गर्नेसमेत उनले आश्वासन दिएकी छन् । ‘चीनको केन्द्र सरकारले नेपाललाई भौतिक सहयोग प्रदान गर्नेछ । यसका लागि दुवै पक्ष सम्पर्कमा छन् । चीनका केही स्थानीय सरकार र नागरिक समाजहरूले सक्रिय रूपमा नेपाललाई आवश्यक पर्ने सामग्री जुटाउन कार्य गरेका छन्,’ उनले भनेकी छन्, ‘अहिलेको सबैभन्दा गाह्रो विषय यातायात हो । चिनियाँ दूतावासले भन्सार निकासी र यातायातको सहजता सुनिश्चित गर्न सबै पक्षसँग थप समन्वय गर्नेछ ।’