मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ चैत २५ मंगलबार ०६:११:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस संक्रमित बेलायतका प्रधानमन्त्री आइसियूमा भर्ना

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार ०६:११:००

कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लक्षण बिग्रिएसँगै आइसियूमा राखिएका छन्। डाउनिङ स्ट्रिङका प्रवक्ताले मेडिकल टिमको सुझाबअनुसार प्रधानमन्त्रीलाई आइसियूमा राखिएको र उचित हेरचाह भइरहेको बताएका छन्।

बेलायतकी रानीलाई प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिइँदै आइरहेको छ। सोमबार दिँउसो आइसियूमा राख्नुअघि प्रधानमन्त्रीलाई अक्सिजन पनि दिइएको थियो। यद्यपि प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन् ।

बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ। ५५ वर्षीय प्रधानमन्त्री आइतबार साँझ नै अस्पतालमा भर्ना भएका थिए । नियमित चेकजाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण सकारात्मक देखिएको थियो।