मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २४ सोमबार २१:०८:००
Read Time : < 1 मिनेट
समाचार

दैनिक ज्याला–मजदुरी गर्ने चेपाङ परिवारलाई नगरपालिकाको राहत

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार २१:०८:००

बेंसीसहर नगरपालिका– ११ बरबोट चेपाङटारमा बस्दै आएका चेपाङ परिवारले राहत पाएका छन् ।

दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्दै आएका चेपाङ परिवारलाई बेंसीसहर नगरपालिकाले राहत प्रदान गरेको हो । कोरोना भाइरसको संक्रमण फैैलिन नदिन सरकारले गरेको लकडाउनका कारण हातमुख जोर्न नै समस्यामा परेकाहरूको पहिचान गर्दै नगरपालिकाले राहत वितरण गरेको हो ।

बेंसीसहर नगरपालिका– ११ ले बरबोटमा रहेका १० घरपरिवारलाई राहत वितरण गरेको वडाध्यक्ष अच्युतबाबु बगालेले बताए । उनका अनुसार राहतमा प्रतिपरिवार ३० किलोको एक बोरा चामल, एक लिटर तेल, चना, दाल र नुन एक–एक किलो उपलब्ध गराउने गरिएको छ ।

नगरपालिकाले प्रत्येक वडाको टोलटोलबाट तथ्यांक संकलन गरेर वास्तविक पीडितलाई राहत वितरण गरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । लमजुङमा बरबोट फाँटमा १० र हिलेटक्सारको भिरकुनामा चार घरपरिवार गरी  १४ घर परिवार चेपाङ छन् ।