१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २४ सोमबार १८:५१:००
Read Time : < 1 मिनेट
समाचार

बेंसीसहर नगरपालिकाद्वारा स्वास्थ्य संस्थाको अनुगमन

Read Time : < 1 मिनेट
२०७६ चैत २४ सोमबार १८:५१:००

कोरोना भाइरसको त्रास र लकडाउनको समयमा नगरभित्रका स्वास्थ्य संस्थाले गरिरहेको सेवा प्रवाहबारे बेंसीसहर नगरपालिकाले अनुगमन सुरु गरेको छ ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालको नेतृत्वमा नगरभित्रका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र र वडा कार्यालयद्वारा निर्माण गरिएका क्वारेन्टाइनहरूको पनि अनुगमन सुरु गरिएको छ ।  वडा नं. १ को उदीपुर, २ को चिसापानी र ११ को चिती स्वास्थ्य चौकी र वडा नम्बर २ को भकुण्डे तथा ११ को बरबोटस्थित सहरी स्वास्थ्य केन्द्रको समेत अनुगमन गरिएको छ ।

नागरिकले स्वास्थ्य संस्थाबाट सजिलै प्रभावकारी सेवा पाए–नपाएको, औषधि तथा उपकरणको अवस्था तथा स्वास्थ्यकर्मीको समस्या बुझ्न अनुगमन गरिएको नगरप्रमुख अर्यालले बताए । अनुगमनका क्रममा सबै स्वास्थ्य संस्थाको सेवा प्रभावकारी रहेको, ज्वरोका बिरामी धेरै नभेटिएको र केही स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री थप गर्नुपर्ने देखिएको बेंसीसहर स्वास्थ्य शाखाका प्रमुख मनोजसिंह बोहराले जानकारी दिए ।