मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार १७:५६:००
Read Time : < 1 मिनेट
विश्व

केर स्टामर बेलायतको लेबर पार्टीको नेता चयन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार १७:५६:००

बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई नेता चयन गरेको छ । पार्टीभित्रको झन्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका हुन् । स्टामरभन्दा अगाडि पार्टीको नेतृत्व जेरेमी कोर्बिनले गरेका थिए । 

गत डिसेम्बरको आमनिर्वाचनमा बोरिस जोनसनको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले बहुमत ल्याएपछि कोर्बिनले पदबाट राजीनामा दिएका थिए । डिसेम्बरको चुनावमा लेबर पार्टीको हार अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको थियो । 

स्टामर बेलायतका अधिकारवादी वरिष्ठ अधिवक्ता पनि हुन् । 

उनले शनिबार भएको पार्टीको अन्तिम मतदानमा ५६.२ प्रतिशत मत प्राप्त गरेका थिए । उनीसँगै रेबेका लङ बेली र भारतीय मूलका सांसद लिसा नन्दी प्रतिस्पर्धामा थिए। 

चुनावमा एन्जेला रेनर स्टामरको उपनेतामा निर्वाचित भएकी छिन् । सुधारवादी मानिने ५७ वर्षीय स्टामरले यसअघि सन् २०१६ मा आप्रवासमन्त्रीबाट राजीनामा दिएका थिए ।