मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमल खत्री म्याग्दी
२०७६ चैत २४ सोमबार १५:२४:००
Read Time : > 1 मिनेट
फिचर

मजदुरको पीडा : ‘जस्ले गर्न पाएनन् आफ्नै आमाबुबाको अन्तिम संस्कार’

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७६ चैत २४ सोमबार १५:२४:००

प्रतापपुर गाउँपालिका– १ नवलपरासीका राजकुमार चौधरीले आफ्नो दिवंगत आमाको अन्तिम संस्कार गर्न पाएनन् । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत रहेका चौधरीको आमाको १२ दिनअघि निधन भएको थियो । घरबाट आमाको निधन भएको खवर पाएपछि हतार–हतार घर जाने तरखर गरे पनि जारी लकडाउन र कम्पनीको बेवास्ताले जान सकेनन् । दाहसंस्कामा समेत सहभागी हुन पाएनन् । 

रोवष्ट इनर्जी प्रालि प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सन नामको कम्पनीले घर जाने बन्दोबस्तको लागि पहल नगरिदिँदा उनी आमाको किरीयामा समेत सहभागी हुन पाएनन् । ‘आमाको अन्तिम संस्कार र किरीयामा पटक–पटक घर जानको लागि कोशिस गरेँ, तर जान सकिन, घर जाने वातावरण बनेन्, घरमा बुबा किरीया बस्नुभएको छ,’उनले भने । 

चौधरीजस्तै यसै आयोजनामा कार्यरत माछागढी गाउँपालिका पाल्पाका थर्कबहादुर परियारले पनि आफ्नो बुबाको अन्तिम अनुहार देख्न पाएनन् । उच्च रक्तचाप भएपछि एक साताअघि लुम्बिनी मेडिकल कलेजको आइसियुमा भर्ना गरिएका बुबालाई भेट्न जाने काेसिश असफल भयाे । शनिबार बुबाको निधन भए पनि उनी दाहसंस्कारमा जान पाएनन् ।  

लकडाउनका कारणा बुबा आमाको किरीयामा समेत जान नपाएका मजदुरकाे गुनासाे प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आयोजना क्षेत्रमै पुगेर सुने । आइतबार उनीहरु दुबैलाई घर पठाइएको छ । ‘मजदुरहरु आन्दोलित बनेपछि उनीहरुमाझ नै पुगेर समस्या बुझेँ, कामदारका समस्याप्रति ठेकेदारले संवेदनशिला नदेखाएको पाएँ, तत्कालै यातायातको बन्दोबस्त गर्न लगाएर सवारी पास बनाएर घर जाने व्यवस्था मिलायाैं,' प्रजिअ ढकालले भने । 

लकडाउनकाे बहानामा आफन्तको मृत्यु हुँदासमेत किरीयामा जान नदिएको भन्दै ठेकेदार कम्पनीविरुद्ध मजदुरहरु आन्दोलित भएका छन् ।आन्दोलित दुई सयभन्दा धेरै मजदुरहरुले शनिबार दिनभर आयोजनाको प्रर्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउमा रहेको साइट कार्यालय घेराउ र नाराबाजी गरेका थिए । 

प्रजिअ  ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, जनप्रतिनिधि, रोवष्टका प्रतिनिधि लगायतको टोलीले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापकलाई मजदुरको समस्या सम्बोधन गर्न निर्देशन दिएका थिए । प्रजिअ ढकालले मजदुरको समस्या र गुनासोप्रति गम्भीर भएर सुनुवाई नगरे कारबाही गर्ने चेतावनी दिए । सरकारको निर्णय अनुसार ठुलो आयोजना भएकाले बाहिरबाट कामदार नलिईकन क्याम्प भित्र रहेका मजदुरहरुमा सुरक्षाको उपाय अपनाएर आयोजनाको काम गर्न ठेकेदार, मजदुर र आयोजनालाई प्रजिअ ढकालले सुझाब दिएका थिए । 

ठेकेदार कम्पनीका व्यवस्थापक तिलक रानाले भने लकडाउनले सवारी बन्द भएका कारण मजदुरहरुलाई घर पठाउन समस्या भएको बताए ।