१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ चैत २४ सोमबार १०:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मिक्स्ड डाइट : लकडाउनको सन्तुलित भोजन

Read Time : > 1 मिनेट
२०७६ चैत २४ सोमबार १०:५८:००

किरणसिंह अधिकारी, पोषणविद्

अहिलेको लकडाउनको समयमा हामी ‘मिक्स्ड डाइट’मा गयौँ भने अलिअलि गरेर शरीरलाई चाहिने सबै तत्व पुगिरहन्छ । हाम्रो शरीरलाई जिंक, पोटासियम, सोडियमलगायत विभिन्न तत्वको आवश्यकता हुन्छ । यी सबै एकै खानामा उपलब्ध हुँदैनन् । 

कुनैमा हुन्छ भने कुनैमा हुँदै हुँदैन । त्यसकारण ‘मिक्स्ड डाइट’ जरुरी हुन्छ । जस्तो, दालमा हामीले रहर, मुसुरो, मुंग, चना मिसायौँ भने क्वालिटी र क्वान्टिटी दुवै पाइन्छ । एउटै दाल खाँदा कुनै न कुनै तत्वको अभाव भइरहेको हुन्छ । त्यसैले, सबै मिसाएर खाएमा हामीले पर्याप्त मात्रामा प्रोटिन पाउन सक्छौँ । प्रोटिनले शरीरमा नयाँ कोष बन्नमा मद्दत पु-याउँछ ।

धेरैथरी तरकारी अलि अलि मिसाएर खान सकिन्छ । अहिले घरमै बसिरहेको हुनाले हामीसँग जे छ त्यसैलाई मिसाएर खाने हो भने पनि शरीरलाई चाहिने पोषण तत्व पुग्छ । 

अर्को कुरा, हामीलाई अहिले कार्बोहाइड्रेट र फ्याटभन्दा पनि प्रोटिन र भिटामिनको बढी आवश्यकता छ । किनकि, सामान्य दिनजस्तो काम गर्नुपरेको छैन । त्यसकारण तत्कालको समयमा डाइट सन्तुलित बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मिक्स्ड डाइट अपनाउन सक्छौँ । क्वाटीमा पर्याप्त मात्रामा प्रोटिन र फाइबर पाइन्छ । अन्डाले पनि यसमा मद्दत गर्छ । 

हाम्रो शरीरलाई जिंक, पोटासियम, सोडियमलगायत विभिन्न तत्वको आवश्यकता हुन्छ । यी सबै एकै खानामा उपलब्ध हुँदैनन् । त्यसकारण ‘मिक्स्ड डाइट’ जरुरी हुन्छ ।

- खानामा हामीले सधैँ तरल पदार्थलाई बढी जोड दिनुपर्छ । यसले जुनसुकै फ्लुसँग पनि लड्न सक्छ । अहिलेको समयमा यसलाई अलि बढी नै महत्व दिनुपर्छ । तातोले गर्दा शरीरभित्र केही भाइरल इन्फेक्सन भइरहेको छ भने पनि यसलाई निर्मूल पार्नमा मद्दत गर्छ ।

- फ्लुले मानिसको पाचन प्रणालीलाई कमजोर बनाउने हुनाले यस्तोवेलामा ध्यान दिएइन भने डाइरिया हुन सक्छ र शरीर झनै कमजोर हुँदै जान सक्छ । त्यसकारण पेटको सिस्टमलाई सन्तुलित राख्नसमेत हामीले तरल पदार्थ खान अनिवार्य छ ।

- तरल पदार्थअन्तर्गत मनतातो सुप, दाल र तरकारी सबै मिसाएर बनाइएको जाउलो खान सकिन्छ । हाम्रो भान्छामा भएकै चिजलाई मिसाएर सदुपयोग गर्नु नै यो लकडाउनमा उत्तम उपाय हुन सक्छ । भटमास छ भने भिजाएर दूध बनाइ खान सकिन्छ । यसले पर्याप्त मात्रामा प्रोटिन प्रदान गर्छ । राज्मा, सेतो बोडी, चना सबै मिसाएर तरकारीको रूपमा या त्यसलाई गलाएर सुपका रूपमा पनि खान सकिन्छ ।