१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ ९ बुधबार ०९:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपालगन्ज रंगशालाको क्षमता तेब्बरले वृद्धि हुँदै

Read Time : < 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ ९ बुधबार ०९:३१:००

चीनबाट अन्तर्राष्ट्रिय मापदण्डको तयारी प्याराफिट ल्याइने भएपछि नेपालगन्ज रंगशालाको क्षमता तेब्बरले वृद्धि हुने भएको छ

नेपालगन्ज रंगशालाको क्षमता तेब्बरले वृद्धि गरिने भएको छ । रंगशालालाई एकैसाथ १० हजार दर्शकले प्रतियोगिता हेर्न पाउने गरी तयारी गरिने भएको हो । निर्माण भइरहेको रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पूरा भए १० हजार दर्शकले एकैसाथ बसेर प्रतियोगिता हेर्न सक्नेछन् ।

१९ करोड लागतको प्याराफिट
प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार तयारीबारे बुझ्न नेपालगन्ज आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले चीनमै बनेर तयार भएको अन्तर्राष्ट्रिय मापदण्डको प्याराफिट १९ करोड लागतमा तयार भएको बताए । विष्टले प्याराफिटलाई नेपालगन्ज ल्याएर नटबोल्टले जोड्ने मात्र काम हुने भन्दै त्यसका लागि धेरै समय नलाग्ने जानकारी दिए । उक्त प्याराफिट तीन हजार पाँच सय क्षमताको रहेको छ ।

कुल २५ करोड रुपैयाँमा निर्माण भइरहेको रंगशालाको फिल्ड निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अभियान निर्माण सेवा प्रालिका प्रोप्राइटर गणेशप्रसाद आचार्यले जानकारी दिए । उनले स्विमिङ पुल र सुटिङ हल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सबैजसो संरचना अन्तिम चरणमा पुगेको छ ।’ 

कहाँ कुन संरचना निर्माण हुँदै ?
आठौँ राष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर नेपालगन्जमा फिल्ड एन्ड ट्र्याक, सुटिङ हल, भारोत्तोलन एकेडेमी, स्विमिङ पुल, कबर्ड हल, ब्याडमिन्टन कोर्ट, बाँकेको खजुरामा भलिबल रंगशाला, बर्दियाको भुरीगाउँमा खोखो, बाँसगढीमा कबड्डी रंगशाला, बर्दियाको गुलरियामा भलिबल र एथलेटिक्स कोर्ट, दाङमा बास्केटबल कोर्ट, कराँते कभर्डहल, रंगशाला, कपिलवस्तुमा कुस्ती खेलस्थल निर्माण भइरहेका छन् ।