मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २४ सोमबार १०:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोनाबाट बच्न अपनाउनुस् सपिङ सतर्कता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २४ सोमबार १०:४४:००

कोरोना भाइरस (कोभिड–१९) एक व्यक्तिबाट अर्कोमा सर्न धेरै माध्यम छन् । खोक्दा, हाच्छ्युँ गर्दा कोरोना प्रत्यक्ष रूपमा सर्नुका साथै सबैभन्दा छिटो संक्रमण गराउँछ । यसबाहेक, संक्रमितबाट अर्को व्यक्तिमा अप्रत्यक्ष रूपमा पनि सर्ने गर्छ ।

सपिङ, डिपार्टमेन्ट स्टोर, तरकारी बजार, एटिएमजस्ता ठूलो संख्याका सर्वसाधारणको पहुँच भएका स्थानमा पनि कोेरोनाका कीटाणु रहेका हुन सक्छन् । ‘सोसल डिस्ट्यासिङ’सँगै यी स–साना व्यावहारिक आचरण कायम गर्न सके कोरोना संक्रमणलाई न्यून पार्न सकिन्छ । त्यसैले, सपिङका क्रममा अपनाउनुस् यस्ता सतर्कता :

  • सपिङ जानुअघि र पछि हात खुट्टा कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने ।
  • मुख्यतः सपिङको समयमा बास्केट, प्लास्टिक ब्याग, प्याकेट आदिसँगको सम्पर्कमा हात आएका हुन्छन् । हातकै माध्यमबाट कोरोना नाक, आँखा र मुखमा सजिलै शरीरभित्र प्रवेश गर्ने गर्छ । सोहीकारण, यस्ता स्थानमा भएका वेला आँखा, नाक र मुखमा बिर्सेर पनि छुनु हुन्न । 
  • पैसाको कारोबार सबैभन्दा ठूलो संख्यामा हुन्छ । यो धैरे मानिसमा पुग्ने गर्छ । त्यसैले, सकेसम्म पैसाको कारोबार नगर्नु बेस हो । यसको सट्टा ‘प्रविधिमैत्री’ र क्यासलेस तरिकामा खरिद–बिक्री उचित हुन्छ ।
  • सपिङका लागि घरबाटै झोला लानु अझै प्रभावकारी हुन्छ ।     
  • अनलाइनबाट गरिने सपिङ ‘जिरो रिक्स’ हुन्छ भन्ने हुँदैन । यसकारण, तरकारी, फलफूल आदिलाई पानीले केही समय राम्ररी पखालेर घाममा सुकाउनुपर्छ । र, तत्कालै प्रयोग गरिहाल्नुहुँदैन । 
  • प्याकेटमा आउने खाद्यवस्तुलाई भने ७२ घन्टा ‘स्टोर’ गरेर मात्र प्रयोग गर्नुपर्छ । वा स्यानिटाइजर जस्तै, ‘स्प्रे’को प्रयोग गरी सम्भावित संक्रमणलाई न्यून पार्न सकिन्छ ।