१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार १०:०१:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार १०:०१:००

कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बस्दै आएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार राति अस्पताल भर्ना भएका छन् । 

२७  मार्चमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमै बसिरहेका थिए । डाउनिङ स्ट्रिटका प्रवक्ताले ‘प्रधानमन्त्रीका व्यक्तिगत डाक्टरको सल्लाहबमाेजिम अस्पताल भर्ना गरिएको’ बताएका छन् ।

संक्रमण देखिएको १० दिनपछि लक्षण देखिएसँगै सावधानीका लागि प्रधानमन्त्री अस्पताल भर्ना भएका हुन् ।

संक्रमणका क्रममा पनि जोनसन पूर्ण रूपमा सरकार सञ्चालन गरिरहेका छन् । तर, सोमबार बिहान कोरोना भाइरससम्बन्धी बैठकमा भने विदेशसचिवको अध्यक्षता रहने जनाइएको  छ ।