मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

साफअघि भारतमा नेपाली टिमलाई अभ्यासको मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:५६:००

नेपाली राष्ट्रिय महिला फुटबल टिमले साफ च्याम्पियनसिपअघि भारतमा केही खेलहरू खेल्न पाउने भएको छ । भारतले साफ र ओलम्पिक छनोटलाई ध्यानमा राख्दै टिमको तयारीलाई बलियो बनाउन नेपालसहित म्यानमार र श्रीलंकाबीच प्रतियोगिता गर्ने जनाएको हो ।

१० दिनको कार्यतालिका
भारतले भुवनेश्वरमा ७–१७ फेब्रुअरीसम्म प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिताका लागि भारतले केही समयअघि नै नेपाललाई आग्रह गरेको थियो । जसमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने निर्णय गरेको हो । भारतीय फुटबल महासंघको निमन्त्रणालाई स्वीकार गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्ने निश्चित गरेको जानकारी दिएको छ ।

कमजोरी केलाउने प्लेटफर्म
नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनसिपअघि हुने प्रतियोगिताले नेपाली महिला टिमको कमजोरी केलाउने मौका मिल्ने बताए । उनले भने, ‘हामीले कुनै पनि खेल खेल्न पाउनु आफैँमा राम्रो मौका हो । त्यसमा पनि साफको उपाधि दाबेदार भारत र बलियो टिम म्यानमारविरुद्धको खेलले टिमको कमजोरी पत्ता लगाउन ठूलो मौका मिल्नेछ ।’ प्रशिक्षक खड्काले नेपाली महिला टिम योपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा रहेको भन्दै धेरै एक्सपोज टिमका लागि महत्वपूर्ण हुने जानकारी दिए ।

थाइल्यान्डलाई पनि पत्र
नेपाली टिमले साफलाई नै मध्यनजर गर्दै थाइल्यान्डसँग पनि मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ । यद्यपि एनफालाई थाइल्यान्डले कुनै जवाफ दिएको छैन । प्रशिक्षक खड्काले भने, ‘हामीले बढीभन्दा बढी एक्स्पोजका लागि प्रयास गरिरहेका छौँ । त्यसका लागि थाइल्यान्डलाई पनि प्रस्ताव पठाइएको छ । तर, उसले जवाफ दिएको छैन । थाइल्यान्डसँग मैत्रीपूर्ण खेल भए त्यो नेपालका लागि थप फाइदाजनक हुनेछ ।’ महिला साफ च्याम्पियनसिप विराटनगरमा आगामी मार्चमा हुँदै छ । त्यसका लागि नेपाली महिला टिम तयारीमा व्यस्त रहेको छ प्रशिक्षक खड्काले भने, ‘हामी घरेलु मैदानमा हुने प्रतियोगितामा उपाधिका लागि नै प्रतिस्पर्धा गर्नेछौँ ।