Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २४ सोमबार ०८:३६:००
Read Time : < 1 मिनेट
समाचार

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २४ सोमबार ०८:३६:००

नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरस प्रभावित सबै देशका विद्यार्थीलाई सहयोगका लागि आपत्कालीन फारममार्फत समस्या दर्ता सुरु गरेको हो । 

विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ भनिने कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरू समस्यामा परेमा सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड–१९ आपत्कालीन रजिस्ट्रेसन फारम’को सुरुवात गरेको इक्यान अध्यक्ष प्रकाश पाण्डेले बताए । कोरोनाका कारण दुःख पाएका विद्यार्थीलाई खाना, बस्न र स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या समाधानको पहल गर्न फारम बनाएको उनको भनाइ छ । विश्वका जुनसुकै देशमा भए पनि विद्यार्थीहरूले आफ्नो समस्या फारममा दर्ता गर्न सक्ने इक्यानले जनाएको छ ।

विद्यार्थीका समस्या समाधानका लागि शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपालस्थित परामर्श संघहरू, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सल्टेन्सी तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी सहयोग गर्ने इक्यानको विज्ञप्तिमा उल्लेख छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरूलाई कुनै पनि प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले समस्या समाधान गर्नु पहिलो कर्तव्य भएकाले इक्यानले अग्रसरता लिएको पाण्डेको भनाइ छ ।

अहिले सबैभन्दा धेरै नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा अध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्युजिल्यान्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।