१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २३ आइतबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार

चितुवाको आक्रमणबाट पूर्वसभासद् भण्डारीकी आमा घाइते

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १८:२९:००

अछामको कमलबजार नगरपालिका–५ कुइकामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

चितुवाले आक्रमण गरेर पूर्वसभासद् एवं नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारीकी आमा कंकाल्ला गाउँकी ६८ वर्षीया बेला भण्डारीलाई घाइते बनाएको छ । चितुवाले खोरमै बाख्रा मारेर खाँदै गरेको थाहा पाएपछि भण्डारी त्यहाँ पुगेकी थिइन् । चितुवाको आक्रमणबाट भण्डारीको अनुहार र टाउकोमा चोट लागेको छ ।

घाइते भण्डारीलाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी विनायकमा लगिएको थियो । विनायकमा सामान्य उपचारपछि भण्डारीलाई सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ । उपचाररत भण्डारीको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।