१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
२०७६ चैत २३ आइतबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल-भारत मानव विकास एवं मैत्री संघद्वारा पिपिई सहयोग 

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १७:२०:००

नेपाल-भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई सहयोग गरेको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको तीन सय थान पिपिई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगी कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई हस्तान्तरण गरे । पिपिई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले संघलाई धन्यवाद दिँदै विपतकाे  समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान गरे ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश–प्रदेशमा पुऱ्याएको र अझै पनि आवश्यक सामग्री पुऱ्याउने क्रममा रहेको उल्लेख गरे । उनले संकटको वेला हिलो छ्याप्ने काम छोडी महामारीविरुद्ध हातेमालो गर्न सबैलाई आह्वान गरे ।

‘अभावैअभावले छटपटिराखेका वेलामा सातवटै प्रदेशमा सामग्री पुऱ्याइएको छ,’ उनले भने, ‘हाम्रा आग्रह–पूर्वाग्रह, हिलो छ्याप्ने कुराभन्दा माथि उठेर यो महामारीविरुद्ध हातेमालो गरेर सबैलाई एकसाथ लड्नको निम्ति म हार्दिक आह्वान गर्न चाहन्छु ।’

पिपिई सेटमा गाउन, भाइजर, पन्जा, एप्रोन, मास्कलगायत सामान छन् ।