मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका हुम्ला
२०७६ चैत २३ आइतबार १६:२४:००
Read Time : < 1 मिनेट
समाचार

हुम्लामा ७२ जनालाई क्वारेन्टाइनमा राखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हुम्ला
२०७६ चैत २३ आइतबार १६:२४:००

हिमाली जिल्ला हुम्लामा विदेश र देशका विभिन्न भागबाट आएका ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सम्भावित कोरोना संक्रमणबाट सावधानी अपनाउन जिल्लाभन्दा बाहिरबाट आएका ७२ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको हो ।

जिल्लाका सातवटै स्थानीय तहले एक सय १४ शय्याको क्वारेन्टाइनस्थल निर्माण  गरेका छन् । सिमकोट गाउँपालिकाको रानीवनमा ३०, स्वास्थ्य सेवा कार्यालयनजिकैको चर्चमा नाै, नाम्खा गाउँपालिका एक, नमोबुद्ध आधारभूत विद्यालय गारापारीमा ६, नाम्खा १ छुन्चोङ आधारभूत विद्यालय ढिगा गाउँमा सात, नाम्खा  १ कै नम्दुङ छोमु आधारभूत विद्यालयमा ताङगिनमा सात, बुद्ध आधारभूत विद्यालय हेप्का  गाउँमा चारजनालाई क्वारेन्टाइनमा राखिएको छ । 

नाम्खा गाउँपालिका– १ याल्वाङमा एकजनालाई क्वारेन्टाइनमा राखिएको छ । 

खार्पुनाथ गाउँपालिका– ५ स्थित कैलेदालुमा तीन र खार्पुनाथ ४ कै श्रीमष्ठा विद्यालयमा माझगाउँमा पाँचजना क्वारेन्टाइन बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

जिल्लाका चंखेली, सर्केगार्ड, अदानचुली र ताजाँकोट गाउँपालिकामा भने क्वारेन्टाइन निर्माण गरिए पनि त्यहाँ कोही पनि क्वारेन्टाइनमा छैनन् । 

क्वारेन्टाइनमा रहेकाहरू स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेका छन् । हालसम्म देशका विभिन्न ठाउँबाट, भारत र अन्य मुलुकबाट जिल्लामा आठ सय ६१ जना जिल्लाका विभिन्न गाउँमा प्रवेश गरेको तथ्यांक छ ।