मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ माघ ९ बुधबार ०८:३३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एक्सरसाइजअघि यी खानेकुरा नखाने

Read Time : < 1 मिनेट
२०७५ माघ ९ बुधबार ०८:३३:००

दूध: एक्सरसाइज गर्नुअघि दूध वा दुग्धजन्य  पदार्थ खानु हुँदैन । दूध खाएर एक्सरसाइज गर्दा बान्ता हुन सक्छ । 
अन्डा : अन्डा प्रोटिनको राम्रो स्रोत हो । वर्कआउट गर्नुअघि अन्डा खानाले पर्याप्त इनर्जी मिल्दैन । यसका साथै प्रोटिन पच्न पनि समय लाग्छ । यसो हुँदा चाँडै थाक्ने समस्या हुन्छ ।
फाइबर : प्रोटिनजस्तै फाइबर पच्न पनि अलि बढी समय लाग्छ । त्यसैले, एक्सरसाइजभन्दा पहिले यस्ता खाद्यपदार्थ सेवन गर्नुहुँदैन । खाए एक्सरसाइजमा 
समस्या निम्त्याउँछ ।
रोस्टेड फुड : बजारमा जथाभावी पाइने रोस्टेड फुड वर्कआउटभन्दा अघि खान हुँदैन । यसको प्रयोगले शरीरको तरलता (फ्लुइड ब्यालेन्स) बिग्रन जान्छ । जसले एक्सरसाइजको पर्फर्मेन्सलाई कमजोर पार्छ ।
अमिला फल :  वर्कआउटभन्दा पहिला सुन्तला, अंगुर, कागतीजस्ता अमिला फल खानु हुँदैन । अमिलो खाँदा एक्सरसाइज दौरान मुटु दुख्ने समस्या हुन सक्छ ।