१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:०१:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइजद्वारा पिपिई हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:०१:००

विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पिपिई हस्तान्तरण गरेका हुन् ।

 यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पिपिई हस्तान्तरण गरेको छ । बैंकको प्रादेशिक कार्यालय २ का प्रमुख रोहित महासेठले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।