१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०८:५५:००
Read Time : < 1 मिनेट
अर्थ

गण्डकी र सुदूरपश्चिम प्रदेशलाई मेगा बैंकको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०८:५५:००

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । 

सञ्चालक समितिको निर्णयअनुसार बैंकले गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५–५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् भने सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।