१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका ललितपुर
२०७६ चैत २३ आइतबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा पनि ललितपुरमा बजार अनुगमन निरन्तर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ललितपुर
२०७६ चैत २३ आइतबार ०७:४९:००

लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुन सक्ने भएकाले ललितपुर महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । लकडाउन हुनुअघि पनि ललितपुर महानगरले बजार अनुगमनलाई जोड दिँदै आएको थियो । 

महानगरले उपमेयर गीता सत्यालको नेतृत्वमा बजार अनुगमन टोली परिचालन गरिरहेको छ । टोलीले पछिल्लो दुई दिनमा किराना पसल, तरकारी तथा फलफूल पसल गरी ४१ वटा पसल अनुगमन गरेको महानगरले जनाएको छ । टोलीले महानगरको वडा नम्बर ३ को सातवटा, वडा नम्बर ५ को आठवटा, वडा नम्बर १८ को एक, वडा नम्बर २५ को आठवटा, वडा नम्बर २६ को सातवटा, वडा नम्बर २७ को पाँचवटा र वडा नम्बर २४ को पाँचवटा पसलमा अनुगमन गरेको छ । 

उपप्रमुख गीता सत्यालका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन गरिएको हो । उममेयर सत्यालले भनिन्, ‘जथाभावी मूल्य असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न निरन्तर बजार अनुगमन हुन्छ ।’

सत्यालले महानगरवासीलाई सचेत भएर आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘महानगरभित्र सञ्चालन हुने हरेक पसलले मूल्यसूची राख्नुपर्छ, मूल्यसूची नराख्ने, आफूखुसी जथाभावी मूल्य असुल्ने, गुणस्तरहीन खाद्यसामग्री बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने सबैलाई कानुनी कारबाही गर्छाैं ।’ 

अनुगमन टोलीमा समान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष ध्रुवलाल तण्डुकार, नगर प्रहरी बलका प्रमुख सुवर्ण व्यञ्जनकार, प्रहरीलगायत सहभागी छन् । 

त्यस्तै, देश संकटमा परेको समयमा कालोबजारी गर्ने, उपभोक्ता ठग्नेलाई निरन्तर बजार अनुगमन गरी कारबाही गर्ने ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले बताए ।