मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०७:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सञ्चारकर्मीलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०७:३७:००

काठमाडौं, ललितपुर र भक्तपुर पत्रकार महासंघले श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई समेत राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा समेत कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरेका हुन् । 

तीन जिल्लाका अध्यक्षले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज दिन माग गर्दै लकडाउनको अवधिमा पत्रिका प्रकाशन गर्न कठिन भएको हुँदा सरकारले दिने सहुलियत यथावत् कायम गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडाैंका अध्यक्ष सन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग राख्दै सचेत भएर सतर्कतापूर्वक पेसागत धर्म निर्वाह गर्न पनि सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेका छन् । 

जोखिमका वेला सञ्चारकर्ममा जुटेका सञ्चारकर्मीको स्वास्थ्यको सवालसँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय भएको प्रस्ट्याउँदै महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन–जान सवारीसाधनको व्यवस्था गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

उनले कठिन अवस्थामा सूचना प्रवाहको दायित्व निर्वाह गरिरहेका सञ्चारमाध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन, विद्युत्जस्ता अत्यावश्वक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गरिएको बताए । ‘सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्र र वर्गका लागि राहत प्याकेज घोषणा गरिसके पनि सञ्चार जगत्का लागि राहत नदिनु भने दुःखद हो,’ उनले भने ।